‘अर्जुन रेड्डी’ को रिमेक ‘कबिर सिंह’

जयहोस् । पछिल्लो केहि समययता फ्यामिली ड्रामा फिल्म गरिरहेका अभिनेता शाहिद कपूर अब एल्सन अवतारमा आउने भएका छन् । केहि समय अगाडी उनले ‘आर राजकुमार’ फिल्ममा अभिनय गरेका थिए , जसमा उनि एक्सन अवतारमा थिए । यस्तै अवतार अब शाहिदलाई दर्शकले फिल्म ‘कबिर सिंह’ मा देख्न पाउनेछन् । यो तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो । साउथ इण्डियन फिल्मलाई दर्शकले रुचाएका थिए । झन्डै ५ करोडको लागतमा बनेको फिल्मले बक्स अफिसमा ५१ करोड कलेक्सन गर्न सफल भएको थियो । विजय र शालिनी पाण्डे अभिनित फिल्मलाई बलिउडमा पनि सन्दीप वांगाले नै निर्देशन गर्ने भएका छन् । उनलाई ‘अर्जुन रेड्डी’को निर्देशन गरेका थिए । फिल्ममा कियारा आडवानी एक्ट्रेसको रुपमा देखिनेछिन । फिल्म २१ जुन २०१९ मा रिलिज हुनेछ ।
कमेन्ट गर्नुहोस्