‘स्काई फोर्स’ को ट्रेलर सार्वजनिक

फिल्म । अक्षय कुमार र वीर पहाडियाको डेब्यु फिल्म ‘स्काई फोर्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा वीर वायुसेना अफिसरको भूमिकामा देखिएका छन् भने अक्षय प्रशिक्षकको भूमिकामा छन् ।

यो फिल्मको कथा सन् १९६५ को भारत-पाकिस्तान युद्धको वरिपरिमा बनेको छ । फिल्म निर्माताहरुले भारतले पाकिस्तानमा पहिलो हवाई हमला गरेको दाबी गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार अक्षयले फिल्मको १० दिनको सुटिङका ​​लागि ५० करोड भारु लिएको बताइएको छ । फिल्ममा अक्षय र वीरसँगै सारा अली खान र निम्रत कौर पनि छन् । यो फिल्ममा उनले पूर्व प्रेमी वीर पहाडियासँग रोमान्स गर्नेछिन्। पहाडिया उनका पूर्वप्रेमी हुन् । यो फिल्म जनवरी २४ मा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्