‘ह्यारीकी प्यारी’ टिमले भेटे मेयर हर्क

फिल्म। मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेकाछन् । बिहिबार कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र निर्देशक डा. कपिल रिजाललगायतको टिमले धरानस्थित श्रम संस्कृति पार्कमा पुगेर मेयर साम्पाङलाई सय वटा रुद्राक्षको बिरुवा प्रदान गरेको थियो ।

निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले आफु प्रभावित भएकाले धरान आएको बेला बिरुवा उपहार लिएर भेट्न आएको बताए । ‘धरानसंग मेरो बाल्यकाल जोडिएको छ । यहिँ हुर्केर पढे । यहाँ आउँदा हर्क सरलाई पनि भेटौं भन्ने लाग्यो । त्यसै अनुरुप सय वटा रुद्राक्षको बिरुवा लिएर आएका छौं’, रिजालले भने ।

अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताउदै ‘ह्यारीकी प्यारी’पनि हेरिदिन आग्रह गरिन । अभिनेता नेपालले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको भन्दै फिल्मको प्रिमियर र ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ मा आतित्यथा ग्रहणको निम्तो दिए । ‘ह्यारीकी प्यारी’ माघ २० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

नेपालीसंगै हिन्दी, मराठी र बंगाली भाषामा निर्माण गरिएको सिनेमा नेपाल रिलिजपछि अन्य देशमा प्रदर्शन हुनेछ । निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

कमेन्ट गर्नुहोस्