‘मायावी’ मा प्रशान्त

फिल्म । अभिनेता तथा मोडल प्रशान्त ताम्राकार नयाँ फिल्म ‘मायावी’ मा अनुबन्धित भएका छन् । मोडलिङको संसारमा स्थापित नाम बनिसकेका ताम्राकारलाई फिल्ममा स्थापित बनाउने ‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममार्फत पुनः आफ्नो पात्रले चर्चा पाउने विश्वास उनको छ ।

‘मोडलिङको कामलाई केही समय मिलाएर फिल्ममा काम गर्दै छु । अघिल्ला फिल्म झैँ आफ्नो पात्रलाई पूर्ण रुपमा न्याय गर्न कुनै कसर बाँकी राख्ने छैन’, अभिनेता ताम्राकारले भने । उनि अगाडी नै फिल्ममा दीपिका प्रसार्ई, पल शाह, सुशील सिटौला, अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भइसकेका छन् । यसै फिल्ममार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले डेब्यू गर्दैछन् ।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्