फिल्म । पत्रकार विदुर गिरी जनसेवाश्री पदकबाट विभुषित भएका छन् । शुक्रवार गृह मन्त्रालयले राष्ट्रपति भवन शितल निवासमा आयोजना गरेको विभूषण सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विविध क्षेत्रका व्यक्तित्वहरुलाई गत वर्ष घोषित विभिन्न मानपदवीबाट विभुषित गर्ने क्रममा पत्रकार गिरीलाई समेत विभुषित गरेकी हुन् ।
पत्रकार गिरी सिने मासिक कामनाका सम्पादक तथा नेपाल समाचारपत्रका समाचार सम्पादकको रुपमा कार्यरत छन् ।
कमेन्ट गर्नुहोस्