फिल्म । पछिल्लो समय नेपालमा पनि तामिल फिल्म प्रदर्शनमा आउन थालेका छन् । रजनिकांत अभिनित हिन्दी डबिङ भएका फिल्म मात्र आउने प्रचलनलाई बाहुबली सिरिज , केजीएफ जस्ताले तोड्दै थिए । भने , गत डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पा’ पश्चात नेपालमा पनि दक्षिण भारतीय फिल्मले दर्शक पाउने विश्वास वितरक तथा हल संचालकमा छ । त्यसैले गर्दा हिन्दीमा भएका दक्षिण भारतीय फिल्महरु भटाभट नेपाल आउदैछन् ।
यसैक्रमले निरन्तरता पाएको छ , ‘वलिमै’ ले । फेब्रुअरी २४ मै भारतमा रिलिज भएको फिल्म नेपालमा शुक्रबार मात्र आएको हो । तामिल स्टार अजीत कुमार अभिनित फिल्मलाई एच विनोदले निर्देशन गरेका छन् । फिल्मले पहिलो दिन नै भारतमा ७६ करोड बराबरको व्यापार गरेको भारतीय मिडियामा उल्लेख छ । तमिलनाडुमा मात्र यसले ३६ करोडको व्यापार गरेको बताइएको छ । यो व्यापार आफैमा एउटा नयाँ रेकर्ड हो ।
भारतसँगै विदेशमा गरेको व्यापार समेत जोड्ने हो भने यसले एक अर्ब माथिको व्यापार गरेको जनाइएको छ । फिल्ममा अजीतसँगै हुमा कुरेसी , कार्तिके लगायतको अभिनय रहेको छ । तामिल , तेलुगु , हिन्दी , कन्नड भाषामा रिलिज भएको फिल्ममा बढ्दो बेरोजगारीले निम्त्याउने समस्यालाई देखाइएको छ । बेरोजगारीको पिडामा रहेका यूवाहरु कसरि अपराधको बाटो समात्न पुग्छन भन्ने सन्देशलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।