‘केजिएफ २’ को डिजिटल राइट्सलाइ कति अफर ?

13 Shares

फिल्म । सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म मार्फत उनको स्टारडम बढिरहदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’ को सिक्वेललाई प्रस्ट्याउने केहि झलक पहिलो च्याप्टरमै रहेकाले च्याप्टर २ को प्रतिक्षा बढेको हो । फिल्म यहिँ अक्टुबर २३ मा रिलिज हुने घोषणा गरिएको थियो । यद्दपी कोरोना भाइरस (कोभिड १९) को कारण यो अन्य डेटमा जाने सम्भावना बढ्दो छ । यो फिल्म सिधै ओटिटीमा रिलिज नहुने भएकोले पनि फ्यानले हल खुल्ने प्रतीक्षा नै गर्नु पर्ने हुन्छ ।

तर , यसको डिजिटल राइट्सको चर्चा बढ्ने बढ्दो छ । केजीएफ पहिलो च्याप्टरको १८ करोडमा डिजिटल राइट्स बेचिएको थियो । तर , यसको दोस्रो च्याप्टरको क्रेजलाई मध्येनजर गर्दै अमेजनले ५५ करोड अफर गरेको छ । फिल्मसँग जोडिएर आएको खबरलाई आधार मान्ने हो भने निर्माण पक्षले अझै बढीको डिमाण्ड गरिरहेका छन् । यद्दपी फिल्म हलमा रिलिज भएको ६ महिनापछी मात्र डिजिटल प्लेटफर्ममा उपलब्ध हुनेछ ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यस्तै कारणले प्रतिक्षित फिल्ममा यश आफ्नै शैलीमा देखिनेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्ट झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्