फिल्म । अनमोल केसीको अभिनय रहने फिल्म ‘जेरी अन टप’ को मुहुर्तसँगै छायांकन सुरू गरिएको छ । आज पाटनस्थित बंगलामुखीमा मुहुर्तसँगै निर्देश सुयोग गुरुङले छायांकन सुरू गरेका हुन् । फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, विपना थापा, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहने छ ।
‘जेरी अन टप’मा भुवन र विपनाले अनमोलको बाबुआमाको रोलमा जोडी बाँध्दैछन् । ५० दिनको छायांकन तालिका राखिएको यो फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिंदैछ । अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने छ ।
कमेन्ट गर्नुहोस्