फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जेठ ३ मा आउने फिल्म ‘वीर विक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशित फिल्मको ‘वाचा’ बोलको गीत नयाँ वर्षको उपहार स्वरुप सार्वजनिक गरिएको हो । गीतमा फिल्मका लिड अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी रोमान्टिक अवतारमा प्रस्तुत छन् । यी दुइको एकअर्का प्रतिको प्रेम भावलाई गीतमा प्रस्तुत गरिएको छ ।
ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतमा गायक ताराकै संगीत छ भने सञ्चारकर्मी नरेश भट्टराईले गीतका शब्द सृजना गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा छायाँकार सुदीप बरालले अजरबैजानका सुन्दर लोकेसनहरु कैद गरेका छन् । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा अपर्ण सापकोटा निर्माताको रुपमा रहेका छन् ।












