कर्मासँग प्रियंकाको जोडी

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’ मा कर्माको जोडी बनेकी छिन , प्रियंका सिंह ठकुरी । उनको यी डेब्यु फिल्म हो , तर राम्रो टिम पाउदा उनलाई डेब्यु सहज भयो । ‘म्युजिकल्लीमा भिडियो बनाइ रहन्थे तर कोठा र मोबाइलबाट निस्केर क्यारेमामा आइपुग्दा त कठिन हुदो रहेछ’ प्रियंका भन्छिन् ‘मलाइ टिमको फुल सपोर्ट थियो त्यसैले गर्दा गाह्रो भएन , को-स्टारहरुले गाइड गर्नु भयो ।’ फिल्ममा प्रियंका बाहेकसबै थियटरमा निखारिएका कलाकार थिए ।

अझै उनको अपोजिटमा कर्मा , जो अभिनयसँगै लुक्समा पनि चकलेटी छन् । ‘कर्माजी ले मलाइ सहज होस् भनेर धेरै गाइड गर्नु भयो’ प्रियंकाले टिमलाई धन्यवाद दिदै भनिन् ‘मलाइ म सिनियर एक्टरहरुसँग काम गरिरहेको छु भन्ने नै लागेन ।’ उनलाई सबैले उनलाई कम्फर्टजोनमा राखेको बताइन । कर्मा पनि प्रियंका मेहनेती रहेको बताउछन् । ‘काम गर्ने जुनुन छ , उनले राम्रो काम गरेकी छिन’ कर्मा भन्छन् ‘पछिल्लो समय नयाँ अनुहारको खोजिमा रहेका मेकरको लागि प्रियंका उपयुक्त हुन् सक्छिन ।’

फ्यामिली कमेडी भनिएको फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । ‘हामीले सकेको मेहनत गरेका छौ’ निर्देशक कोइराला भन्छन् ‘यो फिल्म फ्यामिली ड्रामा हो जहाँ कमेडी भरपुर छ ।’ उनि आफै पनि यसपटक सजग छन् । माघ ४ गतेलाई रिलिज डेट तय गरिएको फिल्ममा कर्मा र प्रियंकासँगै प्रविण खतिवडा, कामेश्वर चौरसिया , नाजिर हुसेन , लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्