‘बाज’ मा कमल र बर्षा

सङ्गीत । नयाँ गीत ‘बाज’ सार्वजनिक गरिएको छ । जसमा राजु अर्याल र अन्नु चौधरीको स्वर रहेको छ । गीतमा वसन्त विश्वकर्माको शब्द र कृष्ण बाजुरालीको संगीत रहेको छ । अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

गीतको भिडिओमा कमल भक्त र बर्षा भण्डाराको प्रेमलाई देखाइएको छ । गाउँको परिवेशमा हुर्किएका एक युवा आफ्नो प्रेमलाई छाडेर परदेशमा जानुपर्दाको पिडा भिडिओमा देखाइएको छ । भिडिओमा दिलिप सिंह, प्रज्जवल अधिकारी र प्रेम भण्डाराको पनि अभिनय देख्न सकिन्छ । भिडिओमा कथा र निर्देशन पनि कमल भक्तकै रहेको छ ।

कमल नेपाली गीतसंगीतको क्षेत्रमा पाँचबर्ष अघिदेखी निरन्तर सक्रिए छन् । उनले चलचित्रमा साइड डान्सरको रुपमा काम गर्दै, म्युजिक भिडिओको निर्देशन गर्न थालेका हुन् ।

‘काम गर्ने क्रममा अनुभव लिनु सबैभन्दा ठुलो कुरा रहेछ । सुरुवातका दिनहरुमा अनुभव राम्रो भयो, अग्रज ब्यक्तिहरुसँग काम गर्ने अवसर पाएँ । कोरियोग्राफर रामजी लामिछाने मेरो गुरु हुनुहुन्छ । उहाँको बाटो पछ्याउँदै आज यो स्थानमा आएको हुँ’, भक्तले भने ।

कमेन्ट गर्नुहोस्