
फिल्म । शुक्रबारदेखि सार्वजनिक प्रदर्शन गरिएको फिल्म ‘मनसरा’ मा दर्शक चाँप बढ्दो छ । शुक्रबार पूर्वी नेपालमा आक्रामक व्यापार गरेको फिल्मको अकुपेन्सी शनिवार देशभर बढेको छ । निर्माण कम्पनि कबड्डी फिल्म्सले सामाजिक सञ्जालमार्फत दर्शकलाई धन्यवाद दिदै खुसी साटेका छन् ।
शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्किसकेको छ । उनीहरुले शनिवार काठमाडौंका हलहरुमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार समेत गरेका छन् ।
अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शकले प्रत्यक्ष रुपमै दर्शकलाई आफ्नो प्रतिक्रिया दिएका छन् । कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ मा अभिनेत्री मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।