फिल्म । टर्मिनेटरको नयाँ सिरिजलाई छिटै नै दर्शकले हेर्न पाउने भएका छन् । फिल्मको डार्क फेट सिरिजको नयाँ ट्रेलर सार्वजनिक भएको छ । प्रस्तुत फिल्म जेम्स क्यामरुनका अघिल्ला चलचित्र टर्मिनेटर र टर्मिनेटर २ :जजमेन्ट डेको सिक्वेलको रुपमा आउँदै छ । तर डार्क फेटलाई भने यसपाली जेम्स क्यामरुनले निर्देशन नगरी डेडपुलका निर्देशक टिम मिल्लरले गरेकाछन् ।
टर्मिनेटर २ : जजमेन्ट डेपछि तीनवटा फिल्म सिरिजको रुपमा आएका थिए । २८ वर्षपछि पुन : जेम्स क्यामरुनले टर्मिनेटरमा हात हालेका छन् । प्रस्तुत फिल्ममा आर्नोल्ड स्वार्जनेग्गर र लिन्डा हमिल्टनजस्ता कलाकारको अभिनय रहने छ । फिल्म सन् २०१९ को नोभेम्बर १ मा रिलिजि हुँदैछ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्