‘छ माया छपक्कै’ ले बनाएको हो नयाँ रेकर्ड ?

फिल्म । यस बर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘छ माया छपक्कै’ यही शुक्रबार रिलिज भयो । रिलिज अगाडी फिल्मको व्यापारलाई लिएर व्यापक चर्चा थियो । फिल्म रिलिजसंगै यतिबेला व्यापारिक रिपोर्टको चर्चा भइरहेको छ । फिल्मले ब्राण्ड भ्यालुकै कारण व्यापार गर्न सफल भएको छ भने ‘वर्ड अफ माउथ’ पनि बलियो छ ।

रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख र दोश्रो दिन शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको निर्माण पक्षले जनाएका छन् । दोस्रो दिनको कलेक्सन यदि सहि हो भने ‘छ माया छपक्कै’ ले शनिवार गरेको व्यापारको यो रेकर्ड नै हो । यद्यपि खास व्यापारिक रिपोर्ट भने आइसकेको छैन ।

विज्ञापन

फिल्मले तेस्रो दिन आइतवार पनि पाएको विदालाई पूर्ण रुपमा सदुपयोग गरेको छ । फिल्म मल्टिप्लेक्समा हाउसफुल छ । फिल्मलाई दर्शकको साथ मिलिरह्दा निर्माण पक्षले हलमै पुगेर प्रतिक्रिया लिनुका साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

विज्ञापन

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्