‘विर विक्रम २’ सिक्वेल होइन – निर्देशक चाम्स

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘विर विक्रम’ घोषणा गरिएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले यसलाई अघिल्ला फिल्म झैं भव्यशैलीमा घोषणा गरेका छन् । ब्याण्ड बाजा सहित कलाकारलाई कार्यक्रम स्थलमा प्रवेश गराई उनले फिल्मको घोषणा गरे । आकाश श्रेष्ठ , वर्षा शिवाकोटी , नाजिर हुसेन , बुद्धि तामाङ , विजय लामा , मनोज केसी लगायतको अभिनय फिल्ममा रहनेछ । कार्यक्रम हलमा आकाश , वर्षा र नाजिरलाई विशेष रुपमा इन्ट्री गराइएको थियो । यसलाई निर्देशक चाम्सले समान भनेका छन् ।

‘हामी अब शुटीङको लागि केहि समयपछि जादैछौ , हामीले कलाकारलाई सम्मान गर्दै हाम्रो टिममा वेलकम गरेका हौ’ निर्देशक चाम्सले अन्यथा नलिन समेत आग्रह गरे । यसैगरी उनले यसलाई फिल्मको सिक्वेल भन्दा पनि चाम्सको निर्देशनमा तयार भएको अर्को फिल्म बुझिदिन आग्रह गरे । ‘यो फिल्म सिक्वेल होइन , नामलाई मात्र युज गरेका हौ’ चाम्सले कथा विल्कुलै फरक रहेको प्रस्ट्याए । फिल्ममा जोडिन पाउदा आफु हर्षित रहेको नायिका वर्षाले बताईन । ‘खुसि छु ब्राण्डमा जोडिन पाएकी छु , सँगै दायित्व पनि बढेको छ किनकी यो नाम आफैमा ब्राण्ड हो’ वर्षाले आफुले मेहनतमा कमि नगर्ने बताइन ।

युवा पुस्ताको प्रेम कथालाई मुख्य विषय बनाइएको फिल्ममा बिनिशा भण्डारी , शिशिर राणा , मनिष लिम्बु लगायतको पनि अभिनय रहनेछ । फिल्ममा चाम्स इन्टरटेनमेन्टसँगै लण्डन सिने आई प्रोडक्सनको संयुक्त प्रस्तुतीमा निर्माण हुनेछ भने यसको छायाँकन यही कात्तिक २६ गतेबाट सुरु हुनेछ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई हिमाली क्षेत्रको रमणीय दृश्यमा सुदीप बरालले खिच्नेछन् । फिल्ममा हिमाल केसीको द्वन्द रहनेछ भने यसमा सह निर्माताको रुपमा अर्पण सापकोटा रहेका छन् । फिल्मलाइ सुनिल मानन्धरको वितरण कम्पनि श्रीराम बालाजी फिल्म्सले अल नेपाल वितरण गर्नेछ ।

तस्वीरहरु : निरज पन्थी

कमेन्ट गर्नुहोस्