‘गोर्खा वारियर’ ट्रेलरलाई प्रसंशा

फिल्म । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’ को ट्रेलरलाई दर्शकले मन पराएका छन् । सार्वजनिक ट्रेलरमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाइएको छ । गोर्खालीले उक्त लडाई आफ्नै क्षमतामा लडेका थिए । उनिहरूको क्याम्पसँग सम्पर्क नभएता पनि हार नमानेको कारण ‘वीर गोर्खाली’ भन्ने गरिन्छ ।

गोर्खालीको विषय फिल्म निर्माण गरेको भन्दै दर्शकले सामाजिक सञ्जालमार्फत निर्देशक चाम्सलाई धन्यवाद दिईरहेका छन् । निर्देशक चाम्सले नेपालीको गौरव गाथालाई फिल्ममार्फत विश्वले हेर्ने बताए । ‘मैले फिल्मको लागि दशक भन्दा बढी समय खर्चेको छु । आफैँ पुर्व सैनिक भएकाले मैले यसमा कुनै सम्झौता नगरी तीन वर्षको समय खर्चेर तयार गरे । यहाँ पैसा भन्दा पनि प्यासनले काम गरेकको हो’, निर्देशक चाम्सले भने ।

उनले ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली चलचित्रकर्मीका लागि गौरवको विषय रहेको बताए । बेलायतको लण्डनस्थित सिनेवर्ल्डमा गरिएको पहिलो प्रदर्शनी (प्रिमियर) र बेलायतका प्रधानमन्त्री ऋषी सुनाकले लेख्नु भएको शुभकामना संदेशले आफूलाई उत्साहित बनाएको निर्देशक चाम्सले बताए ।

यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय रहेको छ ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ मा प्रदर्शन हुँदैछ । उनले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।

सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतका कारणले यो फिल्मले पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश पाएको थियो ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

कमेन्ट गर्नुहोस्