सिरिज । केहि समय यता अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै विरोध भईरहेको छ । नेपाललाई जोड्दै प्रयोग गरिएको गालीगलौजले नेपाली रुष्ट छन् । सामाजिक सञ्जालमा उक्त भिडियोको क्लिप राख्दै अनुष्काले माफी माग्नु पर्ने मांग नेपाली दर्शकको छ । यसैबीच अनुष्कालाई कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ ।
कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार अनुष्कालाई कानुनी पत्र पठाइएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई उक्त नोटिस पठाएका हुन् । गुरुङले सिरिजको दोस्रो श्रृङ्खलामा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली समुदायको अपमान गरेको जनाउदै पत्र पठाएका हुन् । गुरुङले अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने बताउँदै यसो नभएमा ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानुनी लडाइँमा जाने समेत उल्लेख गरेका छन् ।
गुरुङ बाहेक अरुणाञ्चलको गोर्खा समाजले पनि यो श्रृखंलाले गोर्खा समुदायको अपमान गरेको भन्दै भारतको मानवअधिकार आयोगमा उजुरी दिएको छ । गोर्खा एसोसियसन इन अरुणाञ्चलले निर्मात्री अनुष्का शर्माले माफी माग्नुपर्ने भन्दै यो श्रृखंलाकाे प्रसारण बन्द गराउन माग गरेको छ । (एजेन्सी)