चन्द्रशेखरसँग नोराले घर र गाडी लिएको खुलासा

बलिउड। चन्द्रशेखरबाट उपहार लिएको विषयमा अनुसन्धानको घेरामा रहेकी अभिनेत्री नोरा फतेहीले घर किन्ने पैसा र बीएमढडब्लू कार उपहार लिएको खुलासा भएको छ । चन्द्रशेखरले प्रहरीसँगको बयानमा नोराले घर किन्न पैसा मागेको र उनले आफूले दिएको पैसाबाट मोरक्कोमा परिवारका लागि घर किनेको बयान दिएका छन । टाइम्स अफ इन्डियाको समाचारमा नोराले आफूलाई घर किनिदिने प्रलोभन दिएको तर आफूले पैसा नलिएको बताएकी थिईन् ।

चन्द्रशेखरले नोराले आफूसँग कार मागेकी बताएका छन । ‘मैले रेन्ज रोभर किनिदिन पनि खोजेको थिएँ तर किन्ने ठाउँमा स्टक नरहेकाले बीएमडब्लू सिरिज उपहार दिएको हुँ । तर उनी भारतीय नरहेकाले उनले साथीको नाममा पास गरेर चलाएकी हुन्,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।

कमेन्ट गर्नुहोस्