आप्पाको ‘अमला’ सार्वजनिक (भिडियो)

348 Shares

फिल्म । फिल्म आप्पाको नयाँ ओएसटी गीत ‘अमला’ सार्वजनिक गरिएको छ । गीत रिलिजसँगै फिल्मको नयाँ रिलिज डेट तय गरिएको छ । यस अघि जेष्ठ २४ गते रिलिज हुने भनिएको आप्पा अब असार १३ गतेबाट नेपालभरका हलमा रिलिज हुनेछ । सार्वजनिक गीतलाई रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । यसमा हर्क साउँदको शब्द, एसडी योगी र सुशान्त गौतमको संगीत तथा मेलिना राई र एसडी योगीको स्वर छ । गीतको भिडियोलाई किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी गरेका हुन् । रवी न्यौपानेले छायाँकन गरेको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

यसमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यसै फिल्मबाट निर्देशक गुरुङले डेब्यु गर्दैछन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता मनिराम पोखरेल हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

Facebook Comments