‘मायावी’ मा समीम

फिल्म । निर्देशक दिवाकर भट्टराईले निर्देशनमा तयार हुने फिल्म ‘मायावी’को कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । फिल्ममा दीपिका प्रसाई, पल शाह र सुशील सिटौलापछि मोडल समीम खान भित्रिएका छन् । उनको यो डेब्यू फिल्म हुनेछ ।

‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता समीम कथावस्तुमा फिट भएकाले कास्टिङ गरिएको निर्देशक भट्टराईले जानकारी दिएका छन् । फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

कमेन्ट गर्नुहोस्