फिल्म । आउँदो चैत्र २१ बाट फिल्म ‘लक्का जवान’ प्रदर्शनमा आउदैछ । यसै फिल्म मार्फत निर्देशनमा हाँस्यकलाकार शिवहरी पौडेलले डेब्यु गर्दैछन् । त्यसो त फिल्म अगाडी उनले जितु नेपालसँग मिलेर ‘जिरे खुर्सानी’ निर्देशन गरिसकेका छन् । त्यति मात्र हैन एडसँगै छोटा फिल्महरु पनि निर्देशन गरेका छन् । तर , फिचर फिल्म भने पहिलो हो । ‘फिल्म निर्देशन गर्न निकै गाह्रो रहेछ’ शिवहरीले शिर्ष गीत सार्वजनिक कार्यक्रममा भने । उनले पहिला कलाकार हुँदाको अनुभव सुनाउदै भने ,’कलाकार हुँदा आफ्नो सिन सकेपछी ढुक्क हुन्थ्यो तर यहाँ त पुरै फिल्म नसकिदासम्म उहिँ रफ्तार चाहिने ।’
यद्दपी उनले डेब्यु फिल्ममा कलाकारहरुको राम्रो साथ् पाएको बताए । ‘मलाइ सबैले राम्रो सहयोग गर्नु भयो , सबैलाई धन्यवाद ।’ प्राय कलाकार टेलिफिल्म हुँदै फिल्म आएको भएकोले पनि उनलाई सहज भएको हो । फिल्म निर्माणमा उनले किरण केसी र दीलिप रायमाझीसँग सहकार्य गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लक्का जवान’ को टाइटल गीत सार्वजनिक गरिएको हो ।
कमेडी फिल्मको सार्वजनिक गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द छ । गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा फिल्मका सम्पूर्ण कलाकारहरु किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायत फिचर्ड छन् ।