फिल्म । साउन २३ गतेबाट रिलिज हुने फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वरमा रहेको यो वियोगान्त गीतमा प्रभा बर्तौलाको कर्णप्रिय शब्द र थानेश्वर गौतमकै सङ्गीत छ । गीतले फिल्मका पात्रहरूको भावनात्मक र वियोगान्त कथालाई चित्रण गर्छ ।
फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्मित यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकले लेखन र निर्देशन गरेको फिल्ममा पल शाह, अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा र अर्जुन आचार्यको अभिनय छ। बाल–कलाकार सारा शर्माले पनि भूमिका निर्वाह गरेकी छन् ।
कमेन्ट गर्नुहोस्










