फिल्म । चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको अप्रत्याशित निधनपछी उनको परिवारलाई सहयोगार्थ एक समिति नै गठन भईसकेको छ । स्वर्गीय भट्टराईले आफ्नो जीवन फिल्मलाई समर्पित गरेका थिए । यसैले गर्दा यतिबेला उनको परिवारलाई आर्थिक सहयोग गर्ने क्रम बढ्दो छ । यसैक्रममा स्वर्गीय भट्टराईको परिवारलाई दीपक राज गिरी , दीपाश्री निरौला , केदार घिमिरे , जितु नेपालको टिमले पनि सहयोग गर्ने भएको छ । दीपकले सामाजिक सञ्जाल मार्फत सहयोगको घोषणा गरेका हुन् ।
केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै अहिले फिल्मकर्मीहरुले आर्थिक सहयोग गर्ने क्रम बढेको हो । दीपक सहितको टिमले स्वर्गीय भट्टराइ पत्नी नीता भट्टराइलाई नगद १ लाख ११ हजार सहयोग गर्ने भएका छन् । ‘परिवारको पिडालाई बुझेर हाम्रो तर्फबाट सहयोग गर्ने निर्यय गरेका हौ’ दीपकले फेसबुकमा लेखेका छन् ।










