‘२.०’ लाई यस्तो रिभ्यु

बलिउड । भारतीय फिल्म ‘२.०’ रिलिज भएको छ । फिल्म कस्तो छ भन्ने चासो सबैलाई छ । किनकी यो एसियाकै दोस्रो महँगो फिल्म हो । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । फिल्मको पहिलो शो बिहान ४ बजे देखि साउथ इन्डियाको हलमा स्टार्ट भईसकेको छ ।

फिल्मलाई कस्तो बनेको छ त ? यो जिज्ञाषा सबैलाई छ । फिल्मको प्रारम्भिक प्रतिक्रिया राम्रो आएको छ । फिल्ममा प्रयोग भएको प्रविधि र यसमा देखाइएको इमोसनलाई दर्शकले रुचाएका छन् । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मलाई भारतले गर्व गर्नु पर्ने दर्शकले बताएका छन् । फिल्ममा अक्षय कुमार भाडभैलो ल्याएपछि नष्ट गरिएको चिटी डाक्टर वसिकरणले फेरी तयार गर्छन , त्यसपछिका दृश्य मन मोहक छन् । फिल्ममा एमी पनि रोबर्टको भूमिकामा छिन । (एजेन्सी सहयोगमा)

नेपालमा १२ बजेपछि मात्र प्रदर्शन हने

यो फिल्मकोप्रतीक्षामा नेपालका दर्शक पनि उत्तिकै छन् । रोबर्टको सिक्वेल भएको कारण र फिल्मले पाएको हाइपले नेपालमा पनि राम्रो ब्यापार गर्ने अनुमान वितरक र प्रदर्शकको छ । फिल्मले तयार भएर हलमा प्रदर्शन हुदा ५ सय ५० करोड आसपासमा खर्च भएको खबर भारतीय मिडियामा छ । यो फिल्म नेपाल भने अन्तिम समयमा मात्र आएको हो । नेपाली वितरकलाई महँगो रकम भनेपछि फिल्म आउने नआउने तय गरिएको थिएन तर अन्तिम समयमा फिल्म नेपाल आयो । अन्तिम समयमा फिल्म नेपाल आएकोले यसको सेन्सर विहिबार बिहान भएको हो । विहानी पख सेन्सर भएपछी प्राविधिक कुराहरु मिलाउन केहि समय लाग्ने भएकोले फिल्म अधिकाँस हलमा १२ बजेपछी मात्र प्रदर्शन हुनेछ । अघिल्लो रिलिज ‘ठग्स अफ हिन्दोस्तान’ मा नेपाल वितरकले राम्रो घाटा खाएपछि उनीहरु ‘२.०’ मा जोखिम मोल्न तयार थिएनन् । अन्तत नेपाली प्रदर्शकले अफर गरेकै बजेटमा फिल्म नेपाल आएपछि प्रदर्शनमा ढिलाई भएको हो । अधिकाँस मल्टिप्लेक्सले फिल्मको अनलाइन बुकिङ बुधवार ३ बजेपछि खुल्ला गरेका थिए ।

कमेन्ट गर्नुहोस्