रिल र रियल क्याप्टेन एकसाथ

फिल्म । यतिबेला फिल्ममगरीले आश गरेको फिल्म हो ‘क्याप्टेन’ । यसमा पछिल्लो समयका स्टार अनमोल केसी फुटवलरको भूमिका छन् । उनले फुटवलको कथामा फिल्म बनाउने सोच सुनाएपछी पिता भुवन केसी र निर्देशक दिवाकर भट्टराईले तयारी थालेका हुन् । फिल्मको एक कार्यक्रममा रिल लाइफका क्याप्टेन अनमोलसँगै रियल क्याप्टेन विराज महर्जन पनि देखिए । राष्ट्रिय फुटवल टिमका क्याप्टेन विराजले फिल्ममा फुटवलको विषयलाई उठान गरेकोमा खुसि लागेको बताए ।

‘म फुटवल खेलाडी भएकोले निकै खुसि छु’ विराजले भने ‘मैले शुटिङको क्रममा भेटेको थिए , निकै मेहनतका साथ अनमोलले काम गरेको छ ।’ उनले फिल्म मार्फत युवालाई फुटवलर बन्ने ईच्छा जागृत हुनेमा विश्वास ब्यक्त गरे । ‘फिल्मले हाम्रो कथा बोकेको छ भन्नेमा विश्वस्त छु’ विराज भन्छन् ‘यो फिल्मको प्रचारप्रसार हामीले आफ्नै लागि गर्नु पर्छ किनकी यसले फुटवलर बन्ने सपना मात्र देखाउदैन , त्यसको क्रममा आइपर्ने संघर्ष र सफलतालाई पनि बुझाउछ ।’ उनले फिल्मको ट्रेलर मन परेको बताउदै फिल्म हेर्ने र हेर्न आग्रह गर्ने बताए । फिल्ममा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् भने यसमा नीरुता सिंह र भुवन केसी विशेष भूमिकामा छन् । अनमोल अभिनित अघिल्ला फिल्मबाट पनि अभिनेत्रीहरुले डेब्यु गरेका थिए । फुटवलरको कथा देखाइएको फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

कमेन्ट गर्नुहोस्