फिल्म । अष्ट्रेलियाको होबार्टमा आउँदो सेप्टेम्बर १६ मा लघु फिल्म ‘अकारण’ प्रदर्शन हुने भएको छ । एक पत्रकारको सम्मेलन गर्दै होबार्ट शहरस्थित वाईड एंगल सिनेमा हलमा फिल्मको शो हुने जानकारी गराइएको हो । फस्टलुक रिलिज गर्दै यसको पहिलो प्रदर्शन बारे जानकारी गराइएको निर्देशक एमएस अग्रजले बताए । निखिला बुढाथोकी , कुशल आचार्य ,सामु उप्रेती , सुनिल पराजुली लगायतको अभिनय रहेको लघु फिल्मलाई श्रीराम अर्यालले खिचेका हुन् ।
आयोजित कार्यक्रममा समाजसेवी एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्य, समाजसेवी पुनम पन्तले सफलताको शुभकामना दिनुभएको थियो। घरेलु हिँसापिडित महिलाको मानसिक अवस्थाको चित्रण गर्ने लघु फिल्ममा निर्देशकसँगै कथा अग्रजकै रहेको छ । यसमा पटकथा र संवाद केशव पाण्डेको रहेको छ । पाण्डेकै लगानीमा तयार ‘अकारण’ मा पार्श्व संगीत शैलेश श्रेष्ठ , शृंगार सुनिल पराजुली , निर्माण व्यवस्थापन सरोज शर्मा , पब्लिसिटी डिजाइन महेश श्रेष्ठको रहेको छ । विचित्र फिल्मस्को प्रस्तुति र गुड जब आर्टस् सह प्रस्तुतिमा तयार ‘अकारण’ ले घरेलु हिँसाले निम्त्याउने अवस्था र त्यसले महिलामा पर्ने मानसिक असर बारे प्रस्ट्याउ छ ।











