ऋतिकको फिल्मको लागि भेटियो निर्देशक !

फिल्म । अन्तत ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ को रिलिज मिति तय भएको छ । बारम्बार रिलिज डेटमा हेरफेर गरिरहेको टिमले जुलाई २६ मा फिल्म रिलिज गर्ने तय गरेको छ । पछिल्लो समय जनवरी २५ मा फिल्म रिलिज हुने तयारी थियो तर उक्त डेटमा कंगना रनौत अभिनित फिल्म ‘मनिकर्निका’ रिलिज हुने भएपछी ऋतिकले नै फिल्मको डेट अगाडी सरेका थिए । यति मात्र नभई फिल्मका निर्देशक बिकास बहल मिटुमा मुछीएपछी उनलाई निर्माण टिमले निकालेपछी फिल्म पोष्टप्रोडक्सनमा नै अड्किएको थियो ।

केहिसमय अगाडी उक्त स्थानमा अर्का निर्देशक कबिर खानलाइ राखिएको चर्चा पनि नचलेको होइन । तर हालै निर्माण टिमले फिल्मलाई अनुराग कश्यपले पुरा गर्ने जनाएका छन् । अनुरागको काम गर्ने शैली विकाससंग मिल्ने भएकोले पनि निर्माण टिमले अब फिल्मलाई हलसम्म ल्याउने जिम्मेवारी दिएका हुन् । यसको पुष्टि अनिरागले पनि गरिसकेका छन् तर उनले यसलाई विकासकै क्रिएसन भन्दै आफुले क्रेडिट नलिने समेत बताएका छन् । फिल्ममा ऋतिकसँगै विरेन्द्र सक्सेना , मनुरल ठाकुर , नन्दीश शर्मा , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । गत वर्ष ऋतिक फिल्म काबिलममा देखिएका थिए , त्यस यता उनि देखिएका छैनन् ।

कमेन्ट गर्नुहोस्