‘सिम्बा’ टाइटल गीत रिलिज (भिडियो)

फिल्म । यसवर्षको अन्त्यमा रिलिज हुने फिल्म ‘सिम्बा’ रिलिज हुदैछ । यसै फिल्ममा समावेश गीत रिलिज गरिएको छ । शिर्ष गीत ‘सिम्बा आला रे’ मा रणवीर सिंह फरक अन्दाजमा प्रस्तुत भएका छन् । सम्वत उनि यस किसिमले पहिलोपटक प्रस्तुत भएका हुन् । फिल्ममा उनि एक पुलिस इन्स्पेक्टरको भूमिकामा छन् । यसमा शबिर अहमदको शब्द , तनिश्क बाग्चीको संगीत तथा देव नेगी र गोल्डीको स्वर रहेको छ । गीतलाई निर्माण टीमले भव्य बनाएको छ ।

साथै , फिल्म रिलिज हुन् झन्डै एक साताबाकि रहदा निर्माणपक्षले यसको सरप्राइजलाई विस्तारै बाहिर ल्याउदैछ । फिल्मको सार्वजनिक ट्रेलरमा अजय देवगन देखिएका थिए भने सार्वजानिक गीत ‘आँख मारे’ मा गोलमाल ग्यांग देखा परिसकेका छन् । यसपछि फिल्ममा अक्षय कुमार पनि रहेको खबर मिडियामा आएको थियो तर यसबारे निर्माण पक्षले केहि बोलेका छैनन् । यसैबीच रणवीरले फिल्ममा अनिल कपूर रहेको खुलासा गरेका छन् । रणवीरसँगै यसमा साराअलि खान र सोनु सुद मुख्य भूमिकामा छन् । यसलाई करण जोहर र रोहितले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्