‘रुमाल फाटीगो’ ल्याए भोलाले (भिडियो)

संगीत । पुर्वेली गीत बजारमा सुस्ताएको अवस्थामा रङ्ग पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा ल्याएका छन् । उनले ‘रुमाल फाटीगो’ बोलको गीत बजारमा सार्वजनिक गरेका छन् । हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार पारिएको गीतलाई लोकप्रिय गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाज भरेका छन् । गीतलाई पुर्वका रमणिय ठाउमा पनि सुटिङ गरिएको छ । गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरिएको छ । यस गीतमा शब्द तथा संकलन भोला अधिकारीले नै गरेका छन् ।

‘पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे’ लडे झाँडीमा लगायतका दर्जनौ गीतमा शब्द संगीत तथा निर्देशन गरिसकेका छन् भने अभिनय समेत गर्दै आएका छन् । आफ्नै निर्देशक तथा अभिनयमा भोला अधिकारीको सार्वजनिक ”रुमाल फाटी गो ” गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा भोला अधिकारी , विनिता राई , बद्रि पौडेल , सर्वज्ञान कोइराला , गुञ्जन माझी , वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ । गीतमा संगीत संयोजन केवी भण्डारीको छ ।

कमेन्ट गर्नुहोस्