सकियो ‘माइ बेस्ट फ्रेन्ड’ को छायाँकन

टेलिभिजन । पछिल्लो समय नेपालमा पनि वेब सिरिजको निर्माण बढ्ने क्रममा छ । छिमेकी देश भारतमा त विभिन्न एप्सले बलिउडकै अनुहारलाई लिएर वेब निर्माण गरिरहेका छन् भने नेपालमा पनि विस्तारै वेब निर्माणले गति पाउदैछ । यसै क्रममा साकेवा मुभिजले निर्माण गरेको वेब सिरिज ‘माइ बेस्ट फ्रेन्ड’को इन्ड क्ल्याप गरिएको छ । बिर्तामोड स्थित होटेल हेभनमा साकेवा मुभिजका संस्थापक ज्योतिराज राइको प्रमुख आतिथ्यतामा वेब सिरिजको इन्ड क्ल्याप गरिएको हो । उक्त सिरिज युट्युबमा २५ भाग सम्म आइसकेको छ ।

जम्मा २७ भागको छायांकन सकिएको छ । रमु श्रेष्ठ राई तथा द इस्टर्न मिडियाको निर्माण रहेको सिरिजलाई किरण राईले निर्देशन गरेका हुन् । सिरिजमा भुवन सिंह राई,रोस्मिता श्रेष्ठ ,सारा राई,सागर थापा मगर,प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई ,मेघा लिम्बु ,स्मृति पोख्रेल ,बिबेक बिष्ट ,अनुप राई,रमेश बुढाथोकी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । किरण राइको कथा ,प्रयास घिमिरे र भुवन सिंह राइको पटकथा ,छायांकन,सम्पादन र निर्देशन किरण राईको रहेको सिरिजलाइ युवा दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्