फिल्म । बलिउडमा अभिनेता सनी देओललाई एक्सन स्टारको रुपमा चिनिन्छ । उनले फिल्ममा बोलेको संवाद र गरेको एक्सनले उनलाई चर्चामा ल्यायो । उनको हिट फिल्म मध्येको एक हो ,’दामिनी’ । यसमा उनले बोलेको संवाद अझै पनि दर्शक माँझ ताजै छ । पछिल्लो समय बलिउडमा आफ्नो छोरा करण देओललाइ डेब्यु गराएका सनीले ‘दामिनी’ को रीमेक बनाउदैछन । लभ स्टोरी फिल्म मार्फत करणको प्रभाव खासै नभएपछी सनीले रीमेक बनाउने सोच ल्याएका हुन् । आफुलाई बलिउडमा स्थापित झैँ बनाएको फिल्म मार्फत सनी छोरालाई पनि स्थापित बनाउने तयारीमा छन् ।
हालै , उनले फिल्मको राइट्स शाहरुख खानसँग लिएका छन् । निर्माण पक्षसँग फिल्मको राइट्स शाहरुखले खरिद गरेका थिए । तर , शाहरुख र सनीको सम्बन्ध राम्रो थिएन । यद्दपी करणको करियरलाई अगाडी बढाउन शाहरुखले दुश्मनी भुलाउदै सनीलाई फिल्मको राइट्स दिएका हुन् । सनी पनि शाहरुखको सहयोगी मन देखेर खुसि छन् । अब उनले करणलाई फिल्म हेर्न र क्यारेक्टर बुझ्न भनेका छन् । स्क्रीन प्लेमा केहि बदलाव सहित उक्त कथालाई अहिलेको समयमा ढालिने सनीले बताएका छन् । (एजेन्सी)










