फिल्म । फिल्म ‘बाहुबली’मा अभिनय गरेपछि विश्वभर फ्यान बढाउनेमा अनुष्का शेट्टी पनि पर्छिन् । फिल्मले शिर्ष रोलमा रहेका अभिनेता प्रभासलाई मदत गरेपनि अनुष्काको स्टारडम पनि उत्तिकै बढाएको छ । यिनै अनुष्का अभिनित पछिल्लो फिल्म हो ‘निशब्दम’ । थ्रिलर फिल्मको ट्रेलर सार्वजनिक भएसंगै यसको चर्चा बढेको थियो । तर , कोरोना भाइरस (कोभिड १९) को महामारीले गर्दा उत्पन्न परिस्थितिका कारण यसको रिलिज रोकियो । फिल्ममा अनुष्कासंगै आर माधवन , शालिनी पाण्डे , माइकल र अन्जलीको अभिनय रहेको छ ।
थियटर रिलिज हुने सम्भावना घटेपछि यसका निर्माण पक्षले यसलाई ओटिटीमा रिलिज गर्ने निर्णय गरेका छन् । जस अन्तर्गत निर्माण पक्षले अमेजनसँग कुरा अगाडी बढाएका छन् । लकडाउनका कारण ओटिटीमा दर्शकको संख्या बढेपछी यतिबेला फिल्म निर्माता डिजिटल प्लेटफर्ममा आकर्षित हुन् थालेका छन् । निर्माण पक्षसँग अमेजनको सहमति भएमा यो फिल्म आउँदो १ महिना भित्र रिलिज हुने बताइएको छ ।
फिल्ममा हन्टेड हाउसमा हुने क्राइमको कथालाई प्रस्तुत गरिएको छ । निशब्दमलाई कोना भेन्कटले लेखेका हुने भने यसको निर्देशन हेमन्त मधुकरले गरेका हुन् । फिल्म तमिल , तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ ।
(एजेन्सी)