‘रणवीर’ बन्दा फेरिए सुशील (पोष्टर)

फिल्म । यसवर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘रणवीर’ को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा फिल्मका रणवीर अर्थात् सुशील सिटौलालाई देखाइएको छ । सुशील पोष्टरमा एन्ग्री लुक्समा देखिएका छन् । शिर्ष भूमिकामा रहेका सुशील अन्य फिल्मको तुलनामा यसमा फरक देखिएका छन् ।

उनले यसै भूमिकाको लागि आफुमा परिवर्तन समेत ल्याएका छन् । अघिल्ला फिल्मको तुलनामा उनि यसमा फरक देखिएका छन् । लभ र एक्सन ड्रामा फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार ,शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशनमा तयार भएको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरीमै आधारित फिल्म आइरहेको बेला यसको पोष्टरमा भने एक्सन लुक्सलाइ देखाइएको छ । ‘फिल्मको एउटा कथा यस पोष्टरले भन्छ’ निर्देशक गोविन्दले बताए । यसैगरी निर्मात्री गोमाले पनि बिना सम्झौता फिल्म तयार गरेको बताइन । ‘हामीले फिल्मलाई राम्रो बनाउन कुनै कसर छोडेका छैनौ , फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ’ गोमाले बताइन । फिल्मको मोसन पोष्टर यसअघि नै सार्वजनिक भैसेको छ ।

कमेन्ट गर्नुहोस्