नेपाल झैँ विदेशमा पनि रेगुलर शोमा ‘महापुरुष’

फिल्म । पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभई विदेशी बजारले मुनाफा समेत दिने गरेको छ । नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन् । यस्तै विदेशमा पनि केहि मेकर्सले आफ्नो विश्वास बढाएका छन् । जसको फिल्म आउना साथ विदेश राइट्स लिने र विदेशमा प्रदर्शन गराउन तत्पर हुन्छन् । यस्तै फिल्म मध्येको एक हो ‘महापुरुष’ । जात्रा र जात्रै जात्राको सफलता पश्चात कलाकार रबिन्द्र सिंह बानिया र निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्म कार्तिक ११ अर्थात् भाईटिकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ नेपालसँगै विदेशमा पनि प्रदर्शनमा आउँदैछ । फिल्म नेपालसँगै संयुक्त राज्य अमेरिका , अष्ट्रेलिया , बेलायत ,जापान , युरोप , कोरिया , मिडल इस्टका देशहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

यसलाई अष्ट्रेलियामा एमएसएम इभेन्ट्सले प्रदर्शन गर्दैछ । यस्तै अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गर्दैछ । यी बाहेक अन्य देशको जानकारी पनि छिटै दिने निर्माण पक्षले बताएको छ । अष्ट्रेलियामा शो गर्न लागेको एमएसएम इभेन्ट्सले नेपाली फिल्मलाई वजार विस्तारमा काम गरिरहेको जनाएको छ । एमएसएमले अष्ट्रेलियाका विभिन्न प्रान्तमा शो आयोजना हुन् सक्ने र एकै सर्भर मार्फत टिकेट लिन सकिने गरी एप डेभलप गरिरहेको छ ।

यसले निकट भविष्यमा अष्ट्रेलियामा कहाँ कति शो भयो र शोमा कति उपस्थित भए भन्ने तथ्यलाई विश्वभर पारदर्शी बनाउछ । एमएसएम इभेन्ट्सलाई पाँच सदस्य मिलेर संचालनमा ल्याएका छन् । प्रदीप भट्टराई निर्देशित पछिल्लो फिल्महरुको अष्ट्रेलियाको व्यापारलाई हेरेर नै ‘महापुरुष’ महँगोमा राइट्स लिएको जनाएको छ । ‘हामीले यहाँ दर्शकको डिमाण्डलाई मध्यनजर गर्दै फिल्मको राइट्स लिएका हौँ । उहाँहरुको पछिल्लो फिल्महरुले दर्शकलाई निराश बनाएका छैनन् । यसैले गर्दा नेपालसँगै सोही डेटमा अष्ट्रेलियाका विभिन्न सहरहरुमा फिल्म दर्शकले हेर्न पाउनु हुनेछ । हामी रेगुलर रिलिज नै हलमा गर्दैछौँ’ एमएसएमका एक प्रतिनिधिले भने ।

एमएसएम इभेन्ट्स झैँ अमेरिकाको विभिन्न सहरहरुमा शो आयोजना गर्न लागेका नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीले दर्शकको विश्वास प्रदीप र रबिन्द्रले जितेको बताए । ‘हामीले यहाँ विभिन्न शोहरु आयोजना गरिसकेका छौँ । उहाँहरुको फिल्मले दर्शकलाई कहिले निराश बनाएको छैन । त्यसैले हामीले राइट्स ढुक्क भएर खरिद गरेका हौँ’ सुवेदीले भने । उनले मोमो इन्टरटेनमेन्टका विपिन थकालीसँग मिलेर अमेरिकासँगै क्यानाडामा शो गरिरहेका छन् । त्यहाँ दर्शकलाई नेपाल झैँ रेगुलर शोमा फिल्म देखाउने काम उनले गरिरहेका छन् । ‘हामीले शो समय रेगुलर मै राख्यौं भने दर्शकले समय अनुसार शो पाउनु हुन्छ । यसले दर्शकले शोकै टाइममा आफ्नो काम छाडेर फिल्म हेर्न आउनु पर्ने बाध्यता हुदैन । हामी नेपालमा एउटा थियटरमा पाउने शोकै संख्यामा यहाँ पनि निकाल्छौँ’ उनले भने । उनले अमेरिकाको नेपालीहरुको बाहुल्यता रहेको स्टेटहरुमा फिल्म ‘महापुरुष’ लाई रेगुलर शोमै हेर्न पाइने बताए ।

रेगुलर शोमा दर्शकले फिल्म हेर्न पाउन आफूहरुले सहकार्य गरेको निर्माता रबिन्द्रले बताए । ‘जसरि फिल्म देखाउने शैली कम्युनिटी हलबाट फिल्म हलमै पुग्यो । अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै फिल्म देखाउने हाम्रो तयारी पुरा भएको छ । अब दर्शकले फिल्म अन्य विदेशी फिल्म झैँ आफ्नो अनुकुल समयमा हेर्न पाउनु हुनेछ’ निर्माता बानियाँले भने । अमेरिकामा नेपाल रिलिजकै दिन ३० शो हाराहारीमा रेगुलर शोमा विदेशी फिल्म झैँ हेर्न पाउने सुवेदीले बताए । अष्ट्रेलियामा शो गर्ने एमएसएमले पनि पारदर्शी रुपमा शो आयोजना गर्दै नेपाली फिल्मको बजार विस्तारको लागि फिल्म रेगुलर शोमै देखाउन लागिएको जनाएको छ ।

रबिन्द्र निर्मित टल्क जंग भर्सेस टुल्के , पशुपति प्रसाद , जात्रा , जात्रै जात्रा र निर्देशक भट्टराई निर्देशित जात्रा , शत्रु गते र जात्रै जात्राले विदेशमा गरेको व्यापार , दर्शकको प्रतिक्रियाको आधारमा फिल्म निर्माण हुने घोषणा भएसँगै फिल्मको विदेशमा राइट्स सोल्ड भएका हुन् । मेकर्सले दर्शक माँझ विश्वास बनाउन सके लगानीमा समेत यसले फाइदा गर्ने निर्माता तथा कलाकार बानियाँले बताए ।

‘हाम्रो पछिल्लो फिल्मले गरेको व्यापार , दर्शकले दिएको मायाले नै होला हामी माथि विश्वास गर्नु भएको छ । फिल्म बन्ने घोषणा भएदेखि नै विदेश राइट्सको कुरा भईरहेता पनि हामीले फिल्मलाई राम्रोसँग रिलिज गर्ने वातावरण बन्ने गरी विदेश प्रदर्शनको अधिकार दिएका छौँ । हामी नेपाली फिल्मको बजार विस्तारमा टेवा पुग्ने किसिमले सहकार्य गर्न तत्पर छौँ’ बानियाँले भने ।

उनले पहिलो फिल्म ‘टल्क जंग भर्सेस टुल्के’ प्रदर्शन हुँदा केहि देशहरुमा हलमा देखाउन नसकिएको सम्झिए । ‘हामीले सो समयमा हलमा फिल्म देखाउन सकेका थिएनौं । किनकी विभिन्न कठिनाइ थिएँ । तर , अहिले हाम्रो फिल्म विदेशी फिल्म झैँ रेगुलर प्रदर्शन समेत हुँदैछन् । यसले नेपाली फिल्मको बजार विस्तारमा समेत टेवा पुगेको पाएको छुँ’ उनले भने । रबिन्द्रले पछिल्लो समाउ तीन महिनाको समय तोकेर विदेशमा राइट्स विक्री गर्ने गरिएको बताए ।

फिल्म अहिलेसम्मकै महँगो राईट्समा विदेश विक्री भएको छ। फिल्म अष्ट्रेलिया र युएसएमा १ करोडमा राइट्स विक्री भएको हो। फिल्मको अष्ट्रेलिया राइट्स ५० लाख र युएसए राइट्स ५० लाखमा विक्री भएको हो।

‘ओटीटीका माध्यममा फिल्म आउन सक्ने भएकाले पनि सेम डेटमा फिल्म हाल्दा फाइदा हुन्छ । साथै नेपालको पब्ल्सिटीले पनि सपोर्ट गरिरहेको हुन्छ । यहाँ हामीले गरिरहेको गतिविधि विश्वभरका नेपाली माँझ पुगिरहेको हुन्छ । त्यसैले एकै डेटमा फिल्म नेपालसँगै विदेशमा रिलिज हुँदा यसले दुवै पक्षलाई फाइदा पुर्याउछ’ उनले भने ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण र, हरिवंश र रबिन्द्रसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरुष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्