फिल्म । पछिल्लो समयका चर्चित अभिनेता मध्यका एक हुन् , विपिन कार्की । नेशनल अवार्ड विनर समेत रहेका विपिनको पछिल्लो फिल्म ‘जात्रै जात्रा’ समिक्षक र दर्शकले उत्तिकै रुचाए । त्यसपछि विपिनको डिमाण्ड झनै बढ्दो छ । किनकी उनले पाएको भूमिकालाई जीवन्त त बनाउछन् नै साथै उनको क्रेज आम दर्शक माँझ पनि बढ्दो छ ।
यसैले गर्दा पनि उनिसँग काम गर्न चाहने निर्देशकको कमि छैन । यिनै विपिनलाई ‘२ नम्बरी’ प्रस्ताव गरिएको थियो । दीपेन्द्र लामा निर्देशन रहने फिल्ममा प्रस्ताव गरीए पनि विविध कारणले सहकार्य हुन् सकेन । पछिल्लो समय फिल्म ‘सेल्फी किङ्ग’ को प्रचारप्रसारमा व्यस्त विपिनले समय निकाल्न नक्सदा सहकार्य हुन् सकेन । त्यसपछि उक्त फिल्ममा निश्चल बस्नेतलाई अफर गरियो । बुझिए अनुसार निश्चलसँग पारिश्रमिकको कुरा नमिल्दा टिमले पल शाहलाई अनुबन्धित गरेको छ । विपिनलाई सोचिएको भूमिकामा निश्चल हुँदै पल फाइनल भएका छन् ।
केहि दिन अगाडी राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म ‘२ नम्बरी’ मा पल भित्रीएसँगै दयाहानङ राईसँग पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । दया र पलका फ्यानले एकसाथ पर्दामा देख्न पाउँदा खुसि नहुने कुरा नै भएन । साथमा पलसँग डेब्यु गरेकी र धेरै म्युजिक भिडियोमा काम गरिसकेकी वर्षा राउत छिन् । तर , विपिनलाई सोचिएको भूमिका पललाई निर्वाह गराउन सहज भने छैन , निर्देशक दीपेन्द्रलाई ।










