एक्लै आइन पुजा

गसिप । पुजा शर्मा पछिल्लो समयकी व्यस्त नायिका हुन् । उनको पछिल्लो रिलिज ‘पोइ पर्यो काले’ ले ठिकै व्यापार गरेता पनि ‘म यस्तो गीत गाउछु’ र ‘राम्रो कहानी’ राम्रो व्यापार गरेको थियो । तर , चन्चले शैलीका कारण पुजा बेलाबखतमा गसिप बन्ने गर्छिन् । यिनै पुजा शनिवार आयोजित कामना अवार्डमा भने एक्लै देखा परिन् । उनि प्राय इभेन्टमा अभिनेता आकाश श्रेष्ठसंग देखा पर्ने गर्थिन् । ‘राम कहानी’ मा पहिलो पटक जोडी बाधिएसंगै यी दुइ नजिकिएका थिए । त्यसपछी प्राय इभेन्टमा दुइलाई संगै देखिन् थालियो ।

शनिवार पनि फोटो पत्रकारहरु यी दुइको तस्वीर कैद गर्न प्रतिक्षारत थिए । तर , अवार्डमा पुजा एक्लै आइन । त्यसपछि गसिप सुरु भयो । कतै पुजा र आकाशको सम्बन्ध त चिसिएको होइन ? अभिनेत्री पूजा एक्लै पुग्नुले पनि बजारमा चलेको हल्लामा सत्यता रहेको कतिपयले अनुमान लगाए । त्यसो त पूजाले पर्दामा जोडी बाधेको प्राय अभिनेतासँग सम्बन्ध छैन । अभिनेता आर्यन सिग्देलदेखि प्रदीप खड्कासम्म उनको सम्बन्ध सुमधुर छैन । किनकी यी दुइको पछिल्लो फिल्म ‘सम्झना विर्सना’ को छायांकन सकेर काठमाडौं फर्किने क्रममा उनीहरुबीच मनमुटाव भएको चर्चा फिल्मनगरीमा छ ।

कमेन्ट गर्नुहोस्