फिल्म । चर्चित सिरिजको रुपमा चिनिएको चपली हाइटको नयाँ सिरिजमा स्वस्तिमा खड्का इन भएकी छिन् । केहि समय अगाडी फिल्ममा सौगात मल्ल र सृष्टी श्रेष्ठको जोडी रहने चर्चा चलेता पनि अन्तत यसमा अब स्वस्तिमासँग महेश त्रिपाठीको जोडी देख्न सकिनेछ । निर्माण पक्षले यी दुइलाई नै अनुबन्धित गरिसकेको छ भने छायाँकन तिहारपछि हुने बुझिएको छ । यो केवल नामको सिरिज मात्र हुनेछ भने यसपटक छुटै विषयवस्तुलाई उठान गरिने बुझिएको छ ।
घामड शेरे’ रिलिजको पर्खाइमा रहेकी स्वस्तिमा खड्काले केही दिनअघि स्क्रिृप्टको फोटो स्टोरीमा राख्दै नेक्स्ट प्रोजेक्ट लेखेकी थिइन् । योसँगै उनले कुनै चर्चित फिल्मको सिक्वेल गर्न लागेको कुरा आएका थिए । फिल्मवृत्तमा उनले गर्न लागेको अर्को फिल्मलाई लिएर राम्रै अनुमान चलेको थियो । अर्जुन कुमारले निर्माण गर्ने यो फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । निकेशले यसअघि ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए । फिल्ममा चपली हाइटका कलाकार आमिर गौतम पनि महत्वपूर्ण भूमिकामा रहनेछन् ।










