सिरिज । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । आगामी माघको पहिलो साता देखि प्रसारण हुने सिरियलमा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारीको अभिनय रहेको छ।
गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको सिरियलको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । काठमाडौंँका विभिन्न स्थानमा छायांकन भएको सिरियलमा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।
कमेन्ट गर्नुहोस्










