फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण जनजीवन सहज छैन । विश्वनै यसको चपेटामा परेको छ । विश्वनै यातिबेला कोरोना भाइरसलाई कसरी फैलिन नदिने र यसको जोखिम घटाउने विश्वमा सोच मग्न छ । हालसम्म यसको औषधि पत्ता नलागेता पनि यसको उपचार अन्य विधि मार्फत भईरहेको छ । गत नोभेम्बरमा चीनको वुहानबाट फैलिएको यो भाइरसले यतिबेला अमेरिका र युरोपमा फैलिरहेको छ ।
भारतमा यसको जोखिम बढेसँगै यतिबेला नेपालमा पनि उच्च सतर्कता बढाईएको छ । नेपाल सरकारले नै घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । मनोरंजन क्षेत्र ठप्प रहेको अवस्थामा यतिबेला घरमा बस्ने दर्शकका लागि डिजिटल मध्यम सहयोगी बनेको छ । यसै शिलशिलामा युट्युबमा सर्ट फिल्म ‘बाघ’ आएको छ । मनिष वशिष्ठको प्रस्तुति रहेको फिल्म एक घटनाबाट प्रेरित छ ।
सन् २०१३ मा नेपालको बर्दियामा पर्ने एक ग्रामिण भेगमा नरभक्षी बाघले आतङ्क मच्चाएको आशङ्का थियो । स्थानीयको आग्रहपछी सरकारीस्तर तथा पेशेवर शिकारीलाई उक्त बाघ समात्नका लागि खटाइयो । तर , गरिएका सबै प्रयास विफल भए । यसले सबैजनालाई चकित बनायो । ‘बाघ’ यस्तै घटन मार्फत प्रेरित रहेको निर्देशक निकेश खड्काले बताए ।
‘कुनै एउटा वनमा रहेको नरभक्षी बाघ समात्न प्रयासरत एकजना वन अधिकारीको कथा प्रस्तुत गरेका हौँ’ निकेशले भने । यसमा निर्देशकसँगै पटकथा निकेशकै रहेको छ भने कन्सेप्ट , स्टोरी र स्क्रिप्ट मनिषको रहेको छ । यसमा जीवन भट्टराई फिचर्ड छन् । यसलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने यसको सम्पादन , कलर करेक्सन र ध्वनिको काम रुपेश खड्काले गरेका हुन् । यसमा ग्राफिक्स ओम पौडेल , ब्याकग्राउण्ड स्कोर रिदम कँडेल र ड्यानियल गदाल , संगीत , स्वर र शब्द मनिषकै रहेको छ ।










