फिल्म । साउथका सुपरस्टार अभिनेता प्रभाष र पूजा हेग्डेको मुख्य भूमिका रहेको ‘राधे श्याम’को पनि घोषित डेटबाट पछाडी सर्ने भएको छ । पछिल्लो समय भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनको बढ्दो संख्या र त्रासका कारण भारतमा फिल्महरुले रिलिज स्थगन गरिरहेका छन् । यसैमा प्रभास अभिनित विग बजेट फिल्म ‘राधे श्याम’ पनि परेको हो ।
केहि समय अगाडीसम्म फिल्म नसर्ने बताइएता पनि अन्तत: फिल्म सरेको हो । पछिल्लो फिल्महरुमा एक्सन अवतारमा देखिएका प्रभास यसमा रोमान्टिक छन् ।हिन्दीसंगै तामिल , तेलुगु , मलयालम र कन्नड भाषामा रिलिज हुने फिल्म राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको हो । यस्तै, साउथकै अर्का स्टार अजित कुमार अभिनित चलचित्र ‘वालिमाइ’को प्रदर्शन मिति पनि जनवरी १३ बाट पछि सारिएको छ ।
कमेन्ट गर्नुहोस्










