‘ह्रस्व दीर्घ’ पोस्टरमा हरिहर

फिल्म । असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्तको डेव्यु निर्देशकिय फिल्मको सार्वजनिक पोस्टरमा हरिहरसँगै कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड छन् । केही दिनमा यसको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा यो फिल्म रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्