अनमोलसँग सुपुष्पाको जोडी ?

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म मध्यको एक हो ‘रणवीर’ । यस फिल्म मार्फत उदाएकी एक एक्ट्रेस हुन् , सुपुष्पा भट्ट । सिए पढ्दै गरेकी सुपुष्पालाई फिल्म आउने रहर थियो , जसलाई रणवीरले पुरा गरिसकेको छ । सिम्पल गर्लको भूमिकामा देखिएकी सुपुष्पालाई धेरैले रुचाएका छन् । डेब्यु फिल्ममा उनले त्यतो खास त केहि गरेकी छैनन् तर उनको सरलतानै दर्शकलाई मात्र होइन फिल्मकर्मीलाई पनि मन परेको छ । यसैले गर्दा उनि , नोटिस भईरहेकी छिन । डेब्यु फिल्मबाटै आफुलाई स्थापित गर्ने दौडमा रहेकी सुपुष्पाले एक एडमा अभिनय गर्ने मौका पाएकी छिन ।

उक्त एडमा उनको को-स्टार छन् , अनमोल केसी । पछिल्लो समयका युवास्टार मानिने अनमोलसँग उनि स्प्राइटको एडमा देखिदैछिन् । एडमा अन्य पनि छन् तर अनमोल र सुपुष्पाको जोडी भने दर्शकको लागि फ्रेस हुनेछ । अनमोलले पनि आफ्ना फिल्ममा प्राय नयाँ अनुहारसँग नै स्क्रिन शेयर गरिरहेका हुन्छन् । निकै कम एडमा देखिने अनमोल र सुपुष्पाको जोडी कस्तो देखिने हो , यो त आउदो समयले नै बताउनेछ । तर यस एडले सुपुष्पाको करियरलाइ माथि लैजान मदत भने पक्कै गर्नेछ ।

कमेन्ट गर्नुहोस्