भारतमा सहज सेन्सर

फिल्म । पछिल्लो समय नेपाली फिल्मले जसरी प्राविधिक रुपमा आफुलाई फैल्याएको छ , बजार भने त्यो रुपमा विस्तार हुन् सकेको छैन । साथै , सेन्सरले गर्दा नेपाली फिल्मले भारतमै नेपाली फिल्मको विस्तार गर्न सकेको छैन । यसैले गर्दा पनि हामीले हाम्रो छिमेकी देशमा ठुलो संख्यामा रहेका नेपालीलाई आफ्नो फिल्म देखाउन सकिरहेका छैनौ ।

यसैलाई सहज बनाउन सन् २०१७ जुलाई ९ मा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली फिल्मको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए । शुक्रबारबाट भारतीय सेन्सर बोर्डले नेपाली फिल्मको सेन्सरका लागि सहज व्यवस्था मिलाएको छ ।

नेपाली फिल्मको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । अब नेपाली फिल्म सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने उनले जनाएका छन । निर्माता, वितरकमध्ये कोही मुम्बई नगएर पनि भारत सेन्सर गर्न सकिने व्यवस्था नेपाल चलचित्र निर्माता संघले मिलाएको अध्यक्ष अधिकारी बताउँछन् ।

यसअघि नेपाली फिल्म भारतमा सेन्सर गर्न निर्माताले निकै झमेला खेप्दै आउनु परेको थियो । अब भने सहज हुने भएको छ । भारतमा नेपाली फिल्मको सहज सेन्सर हुने भएपछि यसले नेपाली फिल्मकर्मीमा खुसीयाली छाएको छ । यसलाई निर्माता संघको पनि ठूलो उपलब्धि मानिएको छ ।

कमेन्ट गर्नुहोस्