मनिष भन्छन् ‘स्टोरीसँगै टिम पनि राम्रो चाहिन्छ’

फिल्म । चैत्र १ गते रिलिज हुने फिल्म ‘जानी नजानी’ सार्वजनिक पहिलो गीत ‘एउटीलाई मुटुमा घर’ मार्फत नै चर्चा बटुलिरहेको छ । केहि दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यस फिल्ममा लिड कलाकारहरु मनिष श्रेष्ठ , निरिशा बस्नेत , सन्नी सिंह र नम्रता श्रेष्ठ छन् । अघिल्ला फिल्मको तुलनामा मनिष यसमा फरक देखिएका छन् ।

मनिष पनि फिल्मसँग जोडिन पाएकोमा आफुलाई खुसि महसुस भएको बताउछन् । एक अन्तर्वार्ताको क्रम मनिषले स्टोरी मात्र राम्रो भएर नहुने भन्दै टिम नै राम्रो चाहिने तर्क गरे । ‘म स्टोरी पढेर निर्णय लिने गरेको थिए तर अब बुझे टिम पनि राम्रो चाहिने रहेछ’ मनिष भन्छन् ‘स्टोरी र टिम दुवै राम्रो मैले जानी नजानीमा पाए ।’ उनले फिल्मका निर्देशक बसन्त अधिकारीसंग पहिलेनै काम गरिसकेका थिए र उनलाई काम गर्ने शैली पनि मन परेको रहेछ । ‘बसन्त सर चिफ एडी हुदानै काम गरेको थिए’ मनिष भन्छन् ‘उहाँले फोन गरेर मेरो डेब्यु फिल्ममा हिरो बन भन्दा निकै खुसि लग्यो ।’

मनिषले दावीनै गरे यसमा उनलाई फरक रुपमा दर्शकले पाउनेछन् । ‘कथामा आफ्नोपन छ नै साथै यसले भरपुर मनोरंजन पनि दिन्छ’ मनिषले फिल्मको बारेमा बताए । फिल्ममा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

‘मेरो टाइम र टिम सहि पर्यो त्यसैले गर्दा डेब्यु गरे’ निर्देशक अधिकारी भन्छन ‘फिल्मले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ ।’ फिल्मका लेखन सामिप्य पनि फिल्मलाई लिएर आशावादी छन् । ‘फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’ सामिप्य भन्छन ‘फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।’फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ ।

फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्