‘जार एकदमै हेर्न मन लागेको फिल्म हो’ : निर्देशक नवीन चौहान

फिल्म । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘जार’ आउँदो वैशाख २६ मा प्रदर्शन हुँदैछ । अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गिताञ्जली थापा केन्द्रीत फिल्मको सार्वजनिक ट्रेलर र गीतसङ्गीतको चर्चा बढ्दो छ । फिल्म मेकिङमा देखिएको मौलिकपनको तारिफ सबैले गरिरहेका छन् ।

यसै क्रममा निर्देशक नवीन चौहानले आफूले प्रतीक्षा गरिरहेको फिल्म मध्येको एक ‘जार’ रहेको बताएका छन् । ‘मैले यसको गीत पचास पटक भन्दा बढी सुनिसकेको छु, मौलिक र आनन्द आउने । यसको ट्रेलर रिलिज कार्यक्रममा हेर्दा गज्जब लाग्यो । युट्युबमा यो धेरै पटक हेर्छु’, निर्देशक चौहानले भने ।

उनले फिल्मको निर्देशकसँगै कलाकारको अभिनयको पनि प्रसंसा गरे । सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्म ‘जार’ लाई निर्देशक फुर्वाछिरिङ लामाले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्