फिल्म । अभिनेत्री ऋचा शर्माले नयाँ वर्ष सन् २०२१ को अवसर पारेर फिल्म ‘कौसीद’ घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले फिल्म निर्माण गर्ने घोषणा गर्दै नयाँ वर्षलाइ स्वागत गरेकी छिन् । फिल्ममा ऋचासँगै केदार भुषाल निर्माता रहनेछन् भने लक्ष्मण बाँनिया सह–निर्माता र दीमेश श्रेष्ठको कार्यकारी निर्माताको रुपमा छन् । बैंकबाट ऋण लिने मानिसको कथामा फिल्म बन्ने यसको फस्टलुकले प्रस्ट्याउछ ।
कुमार भाष्करले निर्देशन गर्ने फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । ‘गत वर्ष तीतो-मिठो मिश्रित अनुभव रह्यो । र , नयाँ वर्षको सुरुवातसँगै नयाँ जोस र उत्साह सहित फिल्म निर्माणमा लाग्दैछु’ ऋचाले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
२०२० मेरो लागी अप्रत्यासित वर्षको रुपमा रहयो । एकदमै तितोमिठो मिश्रित अनुभव दिने खालकाे । २०२१को शुभारम्भ सँगै, नव जोस…
Posted by Reeccha Sharrma on Thursday, December 31, 2020











