फिल्म । रिलिजको पुर्व सन्ध्यामा राजधानीमा फिल्म ‘साईली’ को प्रिमियर गरिएको छ । चर्चित गीत ‘सुन साईली’ को सफलतापछी निर्माण गरिएको फिल्मलाई हेर्ने अधिकांसले मन पराएका छन् । गीतकै भाव समेटेर तयार गरिएको फिल्म पनि गीतकै फिचर्ड आर्टिस्ट गौरव पहारी र मेनुका प्रधानको वरपर घुमेको छ । फिल्मको कथावस्तु र समग्र प्रस्तुतिलाई फिल्म हेर्न आएका सेलेब्सले रुचाएका छन् ।
फिल्म हेर्नको लागि आयोजित प्रिमियरमा श्वेता खड्का , ऋचा शर्मा , हेमराज विसी , अपिल विष्ट , दिपेन्द्र लामा , बुद्धिसागर , उपासना सिंह ठकुरी , सिताराम कट्टेल धुर्मुस , कुन्जना घिमिरे सुन्तली , बुद्धि तामाङ लगायत उपस्थित थिए । समस्याले विदेसिन बाध्य हुने कथामा आधारित फिल्ममा गौरव र मेनुकासँगै दयाहाङ राइ, माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की , इष्टु कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । साईली गीतका गायक हेमन्त राणा र यसका फिचर्ड मोडल गौरवको लगानीमा तयार भएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।
जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङको कथा रहेको छ भने यसमा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् । बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
तस्वीरहरु : आर्यन बिमली













