रुचाईयो ‘दुखी आत्मा’ को टिजर

फिल्म । दयाहाङ राई र आँचल शर्मा अभिनित फिल्म ‘दुखी आत्मा’ को सार्वजनिक टिजरले चर्चा पाएको छ । नियमित बनिरहेका भन्दा फरक विषयलाई उठान गरेका कारण निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म दर्शक माँझ नोटिस भएको छ । नेपालमा विरलै बन्ने ‘एडल्ट कमेडी’ देखिएको टिजरलाई विशेषत युवापुस्ताले राम्रो रेस्पोन्स दिएका छन् ।

सोसल ड्रामा मात्र हेरिरहेका दर्शकले नयाँ स्वाद पाउने अपेक्षा व्यक्त गरेका छन् । प्रणय दिवसको अवसर पारेर फागुनको २ गतेबाट रिलिजमा आउने फिल्म ‘दुखी आत्मा’को ३ मिनेट भन्दा लामो टिजर अभिनेता राई र अभिनेत्री शर्माले बोलेको संवाद अहिले सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ । निर्देशक लामाले फिल्मको विषय अनुसार नै टिजर सार्वजनिक गरेको बताएका छन् ।

फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । हिमाल कडरियाको लगानी रहेको फिल्ममा सुदिप ढकाल कार्यकारी निर्माता, आलोक शुक्लाको छायाँकार, निमेष श्रेष्ठको सम्पादक रहेका छन् ।

कमेन्ट गर्नुहोस्