फिल्म । नेपाल चलचित्र निर्माता संघको मंगलवार बसेको कार्यसमिति बैठकले निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । अध्यक्ष नवल खड्काले दिएको जानकारी अनुसार सोही बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय समेत गरेको छ । संघले भर्खरै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापन गर्ने भएको छ । चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताहरुको छाता संस्था हो ।
कमेन्ट गर्नुहोस्










