सुहनाको ‘डबल खुसि’

582 Shares

फिल्म । राजधानीमा रात्रिभोजको आयोजना गर्दै फिल्म ‘ ए मेरो हजुर ३’ युनिटले सफलताको खुसियालीसँगै डेब्यु गर्ल सुहाना थापाको जन्मोत्सव मनाएको छ । निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी छोरी सुहाना २२ औ वसन्तमा प्रवेश गरेको अवसरमा फिल्म सफलतालाई पनि साटिएको हो । गत चैत्र २९ बाट प्रदर्शन भएको फिल्मले राम्रो ब्यापार गरिरहेको छ ।

फिल्ममा अनमोल केसी र सुहानाको जोडीलाई दर्शकले रुचाइरहेका छन् । डेब्यु फिल्म मार्फत नै आफुलाई स्टार बनाउन सफल भएकी सुहानालाई शुभकामना दिन दीपाश्री निरौला , भुवन केसी , शोभित बस्नेत , रमेश उप्रेती , निर्मल शर्मा लगायतका सेलेब्स पनि पुगेका थिए । दीपाले सुहानालाई शुभकामना दिदै फिल्मी यात्राको निरन्तरताको कामना गरिन् । ‘हामीले एउटा प्रतिभावान नायिका पाएका छौ र उनलाई फिल्ममै देख्न चाहन्छौ’ उनले भनिन् ‘यो सफलता ए मेरो हजुर ३ टिमको मात्र नभई सम्पुर्न्न फिल्मनगरीकै हो ।’

दीपाकै शब्दमा सहमत सुनिए रमेश पनि । ‘यो हामी सबैको सफलता हो र स्टारले पनि सफलता पाउँन उत्तिकै मेहनत गर्नु पर्छ’ उनले भने ‘यसगरी नेपाली फिल्मको सफलतालाई उत्सवको रुपमा मनाउन पाउँ , यहि कामना छ ।’ अनमोलसँगै सुहानालाई शुभकामना दिन पुगेका भुवनले सफलताको श्रेय सम्पूर्ण टिम र दर्शकलाई दिए । ‘यस फिल्मलाई तयार गर्न मदत गर्ने सम्पूर्ण प्राविधिक बधाईको हकदार हुनुहुन्छ अनि माया गर्ने दर्शक सधै हाम्रो भगवान हुन्’ उनले भने ‘नेपाली फिल्म सफल हुनुपर्छ र हामी मेकरले पनि दर्शकले अपेक्षा गरे अनुसारकै फिल्म बनाउनु पर्छ ।’ कार्यक्रममा अनमोल ककेहि फरक लुक्समा थिए । उनको हालै मात्र ब्रतबन्ध भएको कारणले उनले मुण्डन गराएका हुन् । अनमोलले पनि सुहानालाई प्रसस्तै सम्भावना भएको को -स्टारको रुपमा लिए ।

‘सुहाना आफुले मात्र राम्रो काम गरेको छैन , उसको राम्रो कामले एउटा सिननै राम्रो भएको छ , जहाँ हामी धेरै कलाकार छौ’ उनले भने ‘मलाइ प्रेम र घनश्याम मार्फत दर्शकसम्म पुर्याउने झरना दि र सुनिल दाइसँगै सम्पूर्ण को-स्टार र प्राविधिकलाई पनि धन्यवाद ।’ उनले आफुहरुलाई मिडिया मार्फत दर्शकसम्म पुर्याउने सञ्चारकर्मीलाई पनि धन्यवाद दिए । अनमोलले फेरी पनि उक्त ब्यानरमा काम गर्ने ईच्छा जाहेर गर्दै गर्दा झरनाले आउँदो फिल्ममा सुहाना र अनमोलको जोडीलाई ल्याउने बताइन ।

‘आउँदा दिनमा हाम्रो ब्यानरबाट यो भन्दा पनि एक लेवल माथिको फिल्म लिएर आउनेछौ’ झरनाले भनिन् । उनले फिल्मसँग जोडिएको सम्पूर्ण प्राविधिकलाई धन्यवाद दिईन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा अनमोल र सुहानासँगै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । यसमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।

Facebook Comments